September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

प्रचण्ड–नेपाल पक्षीय नेकपाको बैठक : ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय अनुमोदन

355

काठमाडौं – प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई साधारण सदस्यबाट पनि हटाएको छ । सोमबार बसेको नेकपाको केन्द्रीय समितिको बैठकले ओलीलाई हटाउने निर्णयलाई अनुमोदन गरेको हो ।
बैठकले पार्टी महासचिव विष्णु पौडेललाई पनि पार्टीबाट हटाएको छ ।

गत माघ २ मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जुन निर्णयअनुसार गत माघ ५ मा प्रचण्ड–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण पत्र बुझाएको थियो ।

Advertisement

तर, तीन दिनको अवधि राखेर सोधिएको स्पष्टीकरण पत्रबारे ओलीले जवाफ दिएका थिएनन् । ओलीले जवाफ नदिएसँगै गत माघ ११ मा बसेको स्थायी समिति बैठकले उनलाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो ।

यद्यपि पुस ५ पछिका विभाजित नेकपाका दुवै पक्षका निर्णयलाई निर्वाचन आयोगले अमान्य भएको बताएको छ ।