September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

सुरु भयो नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय समिति बैठक

440

काठमाडौं – नेपाल कम्युनष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको केन्द्रीय समितिको बैठक कार्की ब्यांकेटमा सुरु भएको छ ।

कार्की ब्यांकेटमा बसिरहेको केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकमा समसामयिक विषय, वर्तमान अवस्थाबारे संक्षिप्त जानकारी, संघर्षका कार्यक्रम, केपी ओलीलाई पार्टी सदस्यबाट निष्कासन गर्ने लगायतका विषयमा छलफल तथा निर्णय  हुने बताइएको छ ।

प्रधानमन्त्रीद्धारा पुष ५ गते प्रतिनिधिसभा विघटन भएसँगै निरन्तर संघर्षका कार्यक्रमको घोषणा गरेको उक्त समुहले संसद् पुर्नस्थापना तथा निर्वाचन आयोगद्धारा आफ्नो बहुमत पक्षलाई बैद्यानिकता दिन माग राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीको कदम प्रतिगामी र असंबैधानिक ठहर गर्दै सो समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी रुपमा प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ ।

सो समूहले प्रतिनिधिसभा विघटनका विरुद्ध उपत्यका तथा उपत्यकाबाहिर बुटवल, विराटनगर, धनगढी लगायतका सहरमा प्रदेशस्तरीय प्रदर्शन गर्दै आएको छ । साथै माघ २८ गते काठमाडौंमा वृहत् विरोधसभाको आयोजना गर्ने घोषणा समेत गरिसकेको छ ।