September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

सरकार बचाउनु महान्यायाधीवक्ताको दायित्व: अग्नि खरेल

790

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईको क्रममा सोमबार आजदेखि प्रतिरक्षा बहस सुरु भएको छ ।

रिट निवेदक पक्षका अधिवक्ताको बहस सकिएपछि महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले सरकारका तर्फबाट प्रतिरक्षा बहस सुरु गरेका हुन् ।

उनले सरकारी पक्षको तर्फबाट बहस गर्दै बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधि विघटन गर्न नसक्ने स्वीकार गरेका छन् । तर उनले अहिले आफू सरकारको प्रतिरक्षा गर्ने स्थानमा भएको समेत बताए ।

‘मैले पहिला भिडियोमा बोलेको कुरा ठिक छ । बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन । अहिले पनि म त्यही भन्छु,’ उनले भने, ‘तर अहिले म सरकारको प्रतिरक्षा गर्ने स्थानमा छु । सरकारको प्रतिरक्षा गर्नु महान्यायाधिवक्ताको संवैधानिक दायित्व हो । यो संवैधानिक दायित्वबाट म पन्छिन मिल्दैन ।’

महान्यायाधिवक्ता खरेलले विगतमा बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने संविधानको व्यवस्थाका बारेमा विभिन्न ठाउँमा बोलेका थिए ।

त्यति बेला उनले बोलेको भिडियो प्रमाणका रुपमा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेस गरिएको छ । संविधानसभाका तत्कालीन सभासद् रहेका खरेल संविधान मस्यौदा समितिमा विज्ञ सदस्यका रुपमा काम गरेका व्यक्ति हुन् ।