September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

770

काठमाडौं: नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

Advertisement