November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज २८३ जनामा कोरोना संक्रमण, २४६ जना निको, ३ को मृत्यु

2.2K

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३८२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १४५ जनासहित देशैभरी २८३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ११४ र पुरुष १६९ रहेका छन् ।

आज थपिएका २८३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ४९४ पुगेको छ ।

Advertisement

त्यसैगरी आज देशैभरी २४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २४६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । निको हुनेको यो दर ९८. प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ३ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ ।