काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ५७४ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १७२ जनासहित देशैभरी ३०३ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएका ३०३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।
त्यसैगरी आज देशैभरी २८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २८५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०१७ पुगेको छ ।