काठमाडौं । रूकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन्।
नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमलाई पराजित गर्दै प्रचण्ड विजयी बनेका हुन्।
१० हजार २ सय ४० मतसहित प्रचण्ड विजयी हुँदा एमालेका गौतमले ३४६२ ल्याए।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन् भने प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याएका छन्।