April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना खोप लगाएपछि स्वास्थ्यमा समस्या देखिए सरकारले नि:शुल्क उपचार गर्ने

2.9K

काठमाडौं – सरकारले बुधबारबाट देशभर कोरोना भाइरस विरुद्धको खोप अभियान (पहिलो चरण) अघि बढाउँदैछ।

कोरोनाको खोप लगाएपछि स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिए सरकारले नि:शुल्क उपचार गर्ने जनाएको छ। पहिलो चरणको खोप अभियान अस्पतालहरूमा सञ्चालन हुनेछ।

खोप लगाउँदा स्वास्थ्य समस्या आए जुन ठाउँमा खोप लगाइएको हो, सोही ठाउँमा उपचार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्‌।

Advertisement

मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले खोप लगाएपछि स्वास्थ्यमा समस्या आए उपचार गर्न समस्या नभएको तर पहिलो चरणको खोप अभियान भएकाले धेरै स्वास्थ्यकर्मीलाई परामर्शको आवश्यकता रहेको बताए। उनले भने, ‘पहिलो चरणको खोप सबै स्वास्थ्य संस्थाबाट लगाइने भएकाले समस्या आए खोप लगाएकै ठाउँमा उपचार हुन्छ, तर खोपबारे स्वास्थ्यकर्मीलाई अझै धेरै परामर्श दिन आवश्यक देखिएको छ।’

​नेपालमा दी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड खोप लगाउन लागिएको हो। सरकारले नेपालमा कोरोनाविरुद्ध खोप प्रयोग निम्ति आवश्यक निर्देशिका तयार गरिसकेको छ।

खोप लगाएपछि निश्चित समयसम्म स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ भने समस्या देखिए निर्देशिकामा उल्लेख भएअनुसार सावधानी अपनाउनुपर्छ।​