काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पुस १४ गते भएको सहमति राष्ट्रिय स्वतन्त्र पार्टीले तोडेको आरोप लगाएको छ ।
रवि लामिछाने र बालेन्द्र शाहबीचमा भएका सहमति १२ दिनमै तोड्दै घिसिङले एकपक्षीय रुपमा सहमति तोडिएको भन्ने आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा घिसिङले भने, ‘केही समय हाम्रो लागि अत्यन्तै पीडादायी समय भयो । सम्पूर्ण कुरा त्यागेर एकताको एउटा सहमति गरेका थियौं राष्ट्रिय स्वतन्त्र पार्टीसँग । विगत पुष १४ गते भएको सहमति आज २६ गते भयो, करिब १२ दिन भयो । १२ दिनसम्म हामी पटकपटक धेरै चरणका छलफलमा, त्यो सहमति कार्यन्वयनको चरणमा हामी छलफलमा जुट्यौं । जुन छलफलहरू अत्यन्तै हिनताबोधका साथ हामीले अगाडि बढाउनुपर्ने अवस्था आयो ।’
उनले सहमति कार्यान्वयन गराउने विषयमा आफूहरू अन्तिम समयसम्म प्रयासरत रहे पनि रास्वपाले एकपक्षीय रुपमा सहमति भंग भएको घोषणा गरेको उल्लेख गरे ।
आफूहरुलाई जबरस्ती रास्वपासँग मिल्न लगाएको स्मरण गर्दै उनले अब उज्यालो नेपालले अब आफ्नो बाटो आफै लिने बताए ।