April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

खुल्यो इजरायलको रोजगारी, कस्ता व्यक्ति रोजगारीका लागि जान पाउँछन् त ?

4.6K

काठमाडौं – लामो समयदेखि प्रतिक्षित इजरायलको रोजगारी खुलेको छ ।

विहिबार बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भएको सम्झौता अनुसार अबको तीनमहिनाभित्र नेपाली कामदारले इजरायलमा रोजगारीका लागि जान पाउने भएका हुन् ।

उक्त सम्झौता अनुसार केयर गिभर तालिम लिएका, १२ पास भएका, २५ देखि ४५ वर्ष उमेर समुहको हुनुपर्ने छ भने इजरायलमा काम गरेर फर्किएका कामदारले भने यो अवसर लिन पाउने छैनन् ।

Advertisement

विभागका महानिर्देशक दाहालका अनुसार पहिलो चरणमा पाँचसय जना कामदार इजरायल जान पाउनेछन् ।

बैदेशिक रोजगार विभागका अनुसार यहि जनवरीदेखि प्रक्रिया सुरु गरिने र छिटोमा यहि मार्च अप्रिलसम्ममा कामदार इजरायल पठाइनेछ । कामदार पठाउने प्रक्रिया प्रतिश्पर्धाका आधारमा हुनेछ भने १२ पास गरेका १५ महिने अनमि तालिम लिएका, तथा अंग्रेजी भाषा जानेका हुनुपर्ने बताइएको छ ।

विभागका सूचना निर्देशक टिकाराम नेउपानेका अनुसार इजरायल जाने खर्च व्यत्ति m स्वयम्ले बेहोर्नु पर्ने र त्यसका लागि बढीमा १ लाख रुपैयाँसम्म खर्च हुनेछ । सरकार टु सरकार (जीटुजी) मार्फत् कामदार इजरायल जान पाउने भएका हुन् ।

विभागका अनुसार कामदारले इजरायलको श्रम कानुन अनुसार मासिक १५ सय डलर तलब पाउने छन् भने रोजगारीको समयअबधि ५ वर्षको हुनेछ ।

इजरायलले यसअघि पनि केयर गिभर, नर्सिङ क्षेत्र अस्पताल, लगायतका क्षेत्रमा नेपाली कामदार लैजाने गरेको थियो । ५ वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुलेको छ ।