November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विवाहपछि पनि पूर्वप्रेमिकालाई सम्बन्ध कायम राख्न बार्गेनिङ गर्ने युवकको हत्या

955

काठमाडौं । एक युवकको हत्या आरोपमा प्रहरीले पक्राउ एक युवतीलाई गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका–४ डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरी पर्सा गाउँपालिका–१ पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा झालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

प्रहरीकाअनुसार शनिबार राति करिब साढे ३ बजे जनकपुरधामस्थित जिरो माइलमा रहेको होटलमा युवक घाइते अवस्थामा फेला परेका थिए । युवाले पहिले गई रुम बुक गरेको, त्यसपछि युवतीसँग गएको सिसीटिभीमा देखिएको र राति ३ बजे उनीहरूबीच विवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीकाअनुसार मृतक यादव विवाहित हुन् । तर उनीहरू पहिले नै प्रेम सम्बन्धमा रहेको र त्यो सम्बन्ध कायमै राख्न केटाले बार्गेनिङ गरेको पाइएको हो । सम्बन्धमा नरहे पुराना म्यासेज, फोटो लगायतका सामग्री सार्वजनिक गर्ने धम्की दिएपछि घटना भएको देखिएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गरी घाइते बनाएर एकतलाबाट युवकलाई खसालेको पनि भिडियोमा देखिएको छ । त्यसपछि युवक बेहोस हुँदा नै युवती उनको छेउबाट भाग्न खोजेको देखिन्छ ।

दुवैजना सम्बन्धमा रहेको र अझै त्यस्तो सम्बन्ध कायम राख्नुपर्ने विषयमा विवाद हुँदा घटना भएको देखिएको प्रहरीले जनाएको छ ।