January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

कुलिङ पिरियडमा भएको तोडमोड गर्नेलाई कारबाही हुनुपर्छ : विश्वप्रकाश शर्मा

680

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘प्रतिनिधि सभामा पुगेर पास गर्दा बीचमा तोडमोड भएको सबैभन्दा हट डिभेट भएको विषयलाई नै उल्ट्याइएको फरक ढंगले प्रस्तुत गरिएको विषय अत्यन्त गम्भीर छ । नेपालको संसदीय अभ्यासमा हेर्दा २०४६ पछि हेर्दा समितिबाट एउटा कुरा पारित हुने र संसदमा पुग्दा अर्को हुने पहिलोपटक हो । यो गम्भीर छ ।’

mostbet

यो विषय अक्षम्य रहेको भन्दै उनले दोषीलाई कारबाही गर्नुपर्ने माग राखे । उनले भने, ‘यो अक्षम्य गल्तीको छानबिन गरेर दोषीलाई कारबाही नै गर्नुपर्छ । प्रतिनिधि सभाको सभामुखज्यूले यसबारेमा गम्भीरतापूर्वक छानबिन गराएर जो दोषी हुनुहुन्छ, कारबाही गर्नुपर्छ । राष्ट्रिय सभाले सच्याउनुपर्छ, सच्याउनसक्छ ।’

Advertisement

महामन्त्री शर्माले कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए ।