November 18, 2025, Tuesday
२०८२ मंसिर २
1:37:26 pm

राष्ट्रपति पौडेलबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार अर्पण

1.4K

गायक दीप श्रेष्ठलाई दीर्घ साधना सम्मान, ८ जना वरिष्ठ श्रस्टालाई पुरस्कार

काठमाडाैँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले सम्माननीय राष्ट्रपति रामचन्द्र पाैडेलकाे हातबा ट वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मान-२०८१’ र अरु आठ जना वरिष्ठ स्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार-२०८१’ ले सम्मानित गरेकाे छ । बुधबार दिउँसाे राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रम आयाेजना गरी सम्मान अर्पण गरिएकाे हाे ।

राष्ट्रपति पाैडेलले वरिष्ठ स्रष्टालाई पुरस्कार समर्पण गर्ने क्रममा प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदान गरिएकाे सम्मान स्रष्टाहरुकाे दीर्घकालीन साधना, समर्पण र सिर्जनशीलताकाे प्रतीक भएकाे बताए । सङ्गीत र कला केवल मनाेरञ्जनकाे माध्यम मात्र नभएर चेतना र संस्कार बाहक भएकाे भन्नु हुँदै उनले सङ्गीत र नाट्यकाे माध्यमबाट संवेदनाकाे उजागर हुने, विचार सुसंस्कृत हुने र समाजलाई सकारात्मक रुपान्तरणकाे बाटाेमा अग्रसर गराउने विचार व्यक्त गरे ।

नेपाल जातजाति र सामुदायिक विविधताले सम्पन्न भएकाले सांस्कृतिक र नाट्य रुपमा विश्व चिन्तनकाे एक केन्द्र बन्ने गरि राज्य अघि बढ्नुपर्ने पनि बताए ।

Advertisement

समाराेहका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत स्रष्टाहरुलाई बधाई र शुभकामना दिँदै पुरस्कारले पुरस्कृत स्रष्टाहरुकाे विगतकाे याेगदान सम्मान गर्दै थप विकास र प्रगतिका लागि प्रेरित गर्ने र नयाँ पुस्तालाई सङ्गीत र नाट्यआदि अभाैतिक संस्कृति हस्तान्तरण गर्दै प्राेत्साहित गर्ने पनि बताए । मन्त्री पाण्डेले प्रज्ञा-प्रतिष्ठानले प्रदान गरेकाे पुरस्कार सबै दृष्टिकाेणबाट समावेशी भएकाेले सिङ्गाे राष्ट्र नै पुरस्कृत भएकाे अनभूति व्यक्त गरे ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा पाेखरेलले विविधतापूर्ण एकता नै नेपाली समाजकाे विशेषता भएकाेले त्यसलाई सुदृढ गर्न र राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन संस्कृतिकर्मीकाे ठूलाे भूमिका हुने बताइन् । कला-संस्कृतिका संवाहक कलाकर्मीलाई प्राेत्साहित गर्नु, दीर्घ साधक र श्रष्टाका याेगदानलाई कदर गर्नु राज्यको दायित्त्व महसुस गरी प्रज्ञा-प्रतिष्ठानले २०७१ सालबाट स्रष्टाहरुलाई पुरस्कृत गर्ने परम्परा शुरु गरेकाे उहाँले स्मरण गराईन् । कुलपति शर्माले यसअघि ६ विधामा ६ जना स्रष्टालाई पुरस्कृत गर्दै आएकाेमा यसै वर्षदेखि वाद्य वादन विधा र खाेज अनुसन्धान विधामा एक-एक जना र सङ्गीत र नाट्य विधामा आजीवन याेगदान दिने एक वरिष्ठ स्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मान’ प्रदान गर्न थालिएकाे पनि स्पष्ट पारिन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रज्ञा-प्रतिष्ठानका उपकुलपति शम्भू राईले कलाकारकाे निरन्तर साधना र सृजनाले न‌ै कलालाई जीवन्त बनाउने भएकाेले कलाकारलाई सम्मान आवश्यक भएकाे बताए ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार-२०८१ बाट सङ्गीत विधातर्फ वरिष्ठ गायिका कुन्ती माेक्तान, रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा वरिष्ठ सङ्गीतज्ञ कुशेश्वरप्रसाद राई, लाेकसङ्गीत विधातर्फ वरिष्ठ लाेकगायक नारायण रायमाझी, नाट्यविधामा वरिष्ठ नाटककार वेदकुमारी न्याैपाने, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक भूवनदास श्रेष्ठ, खाेज अनुसन्धान विधामा कृष्णप्रसाद पाैडेल ‘नृत्यानन्द’ र वाद्यवादन विधातर्फ वरिष्ठ तबलावादक राजु अग्रवाल सम्मानित भएका थिए ।

राष्ट्रिय प्रज्ञा-पुरस्कारकाे राशी एक लाख एक रुपैयाँ र ताम्रपत्र तथा दीर्घ साधना सम्मानकाे दुई लाख एक रुपैयाँ र ताम्रपत्र रहेकाे पुरस्कार समर्पण समाराेहका सहजकर्ता प्रज्ञा-प्रतपष्ठानका सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ ले बताईन् ।

कार्यक्रममा पुरस्कृत स्रष्टाका ताम्रपत्र प्राज्ञ परिषद् सदस्य र प्राज्ञसभा सदस्यबाट वाचन गरिएकाे थियाे भने सम्माननीय राष्ट्रपतिकाे आग्रहमा पुरस्कृत स्रष्टा कुन्ती माेक्तानले आफ्ना दुई गायिका छाेरी सुवानी माेक्तान र शीतल माेक्तानका साथ ‘काेही भन्छन् जीन्दगी याे…’ बाेलकाे गीत समेत मञ्चमा बेजाेड रुपमा प्रस्तुत गरेका थिए।