November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माधव नेपाल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पार्टीले भन्यो , ‘कानुनी लडाईं लड्छाैँ’

625

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भएको बताएका छन् ।

पतञ्जली जग्गा खरिद विक्री प्रकरणमा अनियमितता भएको भन्दै बिहीबार अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस बारेमा कानुनी लडाई लड्ने बताएका हुन् ।

उनले भने, ‘मुद्दाको सन्दर्भमा दुई वटा पक्ष छ । उहाँप्रति राजनीतिक पूर्वाग्रह साँधिएको छ यसको राजनीतिक रूपले प्रतिवाद गर्छौ । अर्को कानुनी पक्ष छ । यो पक्षमा कानुनी लडाई लड्छौँ ।’

Advertisement

नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालविरुद्ध अख्तियारले १८ करोड भन्दा बढी विगो माग दाबी गरेको छ ।