काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई काठमाडौं प्रहरी परिसरले नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाट नियन्त्रणमा लिएको हो।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई पक्राउ गर्नुको कारण भने खुलेको छैन ।
एकता घोषणाका लागि हुने भनिएको कार्यक्रम पनि अनिश्चत छ। अहिलेसम्म कार्यक्रम सुरू भएको छैन।कार्यक्रम गर्ने भनिएको सभा हलको ढोका पनि खोलिएको छैन।
जनमतका अध्यक्ष सीके राउत र उन्मुक्तिकी अध्यक्ष रञ्जिता चौधरी पनि कार्यक्रमस्थल पुगेका छैनन्।