काठमाडौं । जम्मू–काश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा मारिएका सुदीप न्यौपानेको शव भारतले नेपालाई जिम्मा लगाएको छ । बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीपको शव जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहवरमा परिवारलाई जिम्मा लगाएको हो।
उनको शव दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै बिहीबार विहान बुटवल ल्याइपुर्याइएको थियो।
बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेका थिए । घरमा अन्त्येष्टीको प्रक्रिया सकेपछि अहिले शवलाई त्रिवेणी लगिएको छ।
केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका सुदीपलाई मंगलबार काश्मिरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।