काठमाडौं। गृहमन्त्री रमेश लेखकले तीनकुने घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । बुधवार सिभिल अस्पतालमा घाइतेहरूसँग भेटघाट गर्दै लेखकले उनीहरूको निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन हुने बताएका हुन् ।
गृहमन्त्री लेखकले खर्च गरेको बिल अस्पताल मार्फत स्वास्थ्य मन्त्रालयमा जाने र भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्ने बताए।
उनले घाइतेका परिवारले खर्च गरेको भए पनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा भुक्तानी दिइने बताए ।
बिरामीहरूलाई आश्वासन दिँदै उनले भने, ‘पहिला उपचार गर्नुस्, बाहिरबाट ल्याएको औषधीको पनि स्वास्थ्य मन्त्रालयमा मार्फत भुक्तानी हुन्छ ।’