काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतमा हाजिर भएका छन् । साहारा बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणको बयानका लागि उनी बुधबार बिहान हाजिर भएका हुन् ।
बयान सुरु हुने र बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुने बताइएको छ । लामिछानेको बयान जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ ।
लामिछानेविरुद्ध चितवनमा ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।