March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु

२०८१ कार्तिक २३

710

काठमाडौं। चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

भरतपुर महनगरपालिका २९ सत्रकिलोमा मुग्लिङबाट  नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको   इलेक्ट्रिक  हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको  बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी  ४० वर्षकी एक महिला,  अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो । 

Advertisement

सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ