January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

सरकार ढल्ने अफवाह फिँजाइ दिवा स्वप्ना नदेख्न प्रधानमन्त्रीको आग्रह

1.1K

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने अफवाह फिँजाइ दिवा स्वप्ना नदेख्न आग्रह गरेका छन् ।
सरकार सञ्चालन गरेको सय दिने उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना नदेख्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सय दिन पूरा गरेपछि नभइ सरकार बनेकै दिनदेखि सरकारविरुद्ध विरोध सुरु भएको भन्दै देशमा साम्प्रदायिक विद्वेष खडा काम सुरु भएको बताए ।

mostbet

उनले अराजनीतिक बोली र व्यवहारबाट सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरु बन्द गराउने, पूँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहस नहस पार्ने र नयाँ उद्योग स्थापना हुन षड्यन्त्रहरु सफल हुन नदिने बताए । नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नरहेको बताउदै उनले सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्ने बताए ।

Advertisement