March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

रवि लामिछाने पक्राउ

1.2K

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाईपार्टी केन्द्रीय कार्यालय घण्टीघरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका लामिछानेलाई आज राति नै कास्की लगिने बताइएको छ ।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

Advertisement

कास्की प्रहरीले शुक्रबार अदालतबाट सभापति लामिछानेलाई पक्राउ गर्न अनुमति मागेको थियो। अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम ओलिया र डिएसपी वसन्तकुमार शर्मा अदालत पुगेका थिए।

उनलाई सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले दोषी ठहर गरेको थियो। गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा लामिछानेले सहकारीको रकम अपचलन गरेको समितिको ठहर छ।

यसअघि लामिछानेसँगै गोर्खा मिडियामा साझेदार रहेका छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका थिए।