काठमाडौं। जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।
कास्की प्रहरीले शुक्रबार अदालतबाट सभापति लामिछानेलाई पक्राउ गर्न अनुमति मागेको थियो। अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम ओलिया र डिएसपी वसन्तकुमार शर्मा अदालत पुगेका थिए।
उनलाई सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले दोषी ठहर गरेको थियो। गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा लामिछानेले सहकारीको रकम अपचलन गरेको समितिको ठहर छ।
यसअघि लामिछानेसँगै गोर्खा मिडियामा साझेदार रहेका छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका थिए।