March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

930

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४ः०० बजे स्वदेश फर्कन लागेका हुन् ।

महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत छन् ।

Advertisement