April 20, 2026, Monday
२०८३ बैशाख ७
1:37:26 pm

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना बेपत्ता

1.2K

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने ४१ जना बेपत्ता छन् ।

गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।

बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् ।

Advertisement

४५ जना घाइतेको उपचार भइरहेको छ भने देशभर १३२७ घरमा क्षति पुगेको छ । यस्तै, राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् ।

३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।