March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

 ‘हिंसा’ शब्द असंसदीय होईन: सभामुख घिमिरे

840

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द संसदीय नै रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा सभामुख घिमिरेले भने, ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा उक्त हिंसा शब्द असंसदीय नदेखिएको हुँदा संसद्को अभिलेखबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछु ।’

pinup pin up pin up pinup

भदौ १२ गतेको प्रतिनिधि सभाको बैठकमा योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा नेकपा (माओवादी केन्द्र) लाई लक्षित गर्दै हिंसा शब्द प्रयोग गरेका थिए । उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनुपर्ने माओवादीको माग थियो ।

Advertisement