काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण अवलोकन गर्ने भएका छन् । उनी सोमबार हेटौँडासम्म पुग्ने कार्यक्रम रहेको जनाइएइको छ ।
अनुगमनका क्रममा प्रधानमन्त्री ओलीले निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने छ ।