February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

प्रहरीको महानिर्देशक परिवर्तन गर्ने भन्ने कुरा हल्लामात्रै: प्रधानमन्त्री प्रचण्ड

1.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीको महानिर्देशक परिवर्तन गर्ने भन्ने कुरा हल्लामात्रै भएको टिप्पणी गरेका छन् । सोमबार भरतपुर विमानस्थलमा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले आफूले तीनैजना आईजिपीलाई बोलाएर राम्रोसँग र ढुक्कसँग काम गर्न भनेको बताएका हुन् ।

यस्तै, यस वर्षको बजेट समग्रमा राम्रो र सन्तोषजनक रहेको पनि प्रधानमन्त्री प्रचण्डले दाबी गरे । नीति तथा कार्यक्रम र बजेट देश र जनताको पक्षमा प्रस्तुत भएको उनको दाबी छ । उनले बजेट पारित हुनेपनि बताए । उनले सरकारले सुशासन र सामाजिक न्यायको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको दाबी गरे ।

अझै कामको गति दिन आवश्यक रहेको सुनाउदै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथि साँच्चिकै आलोचना वा विरोध नगरेको स्पष्ट पारे । उनले भने,‘उहाँले आलोचना गरेजस्तोमात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन् ।’

Advertisement