November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज देशैभरी ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना निको, ४ जनाको मृत्यु

2.1K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ९५६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २१८ जनासहित देशैभरी ३४८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १२९ र २१९ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १७ जना, बागमती प्रदेशमा ३४९ जना, गण्डकी प्रदेशमा ४१ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा ७ गरी जम्मा ३४८ संक्रमित थपिएका हुन् ।

Advertisement

आज थपिएका ३४८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४४१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । निको हुनेको यो दर ९७.९ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९६९ पुगेको छ ।