काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानतमा छुटेका छन् । उनलाई अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएको भन्दै हाजिरी जमानतमा छोडिएको बताइएको छ ।
सरकारी वकिल कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले सिरोहियालाई छोडेको हो ।
उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेकोले बेलामा उपस्थित गराउनुपर्ने शर्त उनी छुटेका हुन्।
उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडिएको हो ।




