November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

1.7K

काठमाडौं । इलाम-२ र बझाङ १ ‘क’मा आज उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ इलाम-२ र प्रदेशतर्फ बझाङ १ को ‘क’ मा उपनिर्वाचन हुन लागेको हो ।

इलाममा १९ उमेदवार चुनावी मैदानमा छन्। निर्वाचनमा एमालेबाट छोरा सुहाङ नेम्बाङ, रास्वपाका मिलन लिम्बू, कांग्रेसका डम्बर बहादुर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू मुख्य प्रतिस्पर्धीको उम्मेदवारको रुपमा उभिएका छन्।

त्यस्तै बझाङको प्रदेश सभा १ को ‘क’ मा त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएको हुँदा उपनिर्वाचन हुन लागेको हो।

Advertisement

यहाँ ११ जना उम्मेदवार रहेका छन्। जसमा एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन्।

आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पनि आयोगले जनाएको छ ।

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जनाइएको छ।