November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक अहिले बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा कतारका राजाको भ्रमण लगायत समसामयिक र नियमित काम कारबाहीको विषयमा छलफल हुने जनाइएको छ । कतारका राजा मोहम्मद बिन अल थानी भोली मंगलबार नेपाल आउँदै छन् ।

त्यस्तै, बैठकमा केही नियुक्ति र बढुवाको पनि निर्णय गरिनेछ भने बजेट अधिवेशन आह्वान सिफारिसको विषयमा पनि निर्णय हुने जनाइएको छ । हिउँदे अधिवेशन गत ३० चैतमा अन्त्य भएको थियो ।

Advertisement

त्यस्तै, सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ। लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउने सम्भावना छ ।