काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि बैठक बोलाइएका हुन् ।
देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने बताइएको छ।
बैठकले इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ ।
बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ ।