November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक

1.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले १८ चैत अर्थात् आइतबार बिहान बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।

संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार बोलाएका थिए ।

Advertisement

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।