November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसले पुनः माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

1.7K

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको पुनः राजीनामा मागेको छ । संसद बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस दीपक गिरीले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

गिरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा दिपेश पुनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध समेत उजुरी परेको स्मरण गराए ।

उनले भने, ‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु । बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए । दिपेश पुन गिरफ्तार भए । तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ । जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ । तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं ।’

Advertisement