November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधिसभाको बैठक बस्दै

1.1K

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ ।

बैठकमा प्रतिनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनैतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक-२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Advertisement

महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख भएअनुसार आ.ब. २०८१/८२ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने छ ।