November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रियसभा अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार दाहाललाई मतदान गर्न अपिल

२०८० फाल्गुन २९

1K

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरूलाई अपिल गरिएको छ । मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको गठबन्धनका सांसदहरूको बैठकमा पार्टीका शीर्ष नेताहरूले दाहाललाई मतदान गर्न अपिल गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा(एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरेका हुन् ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका साझा उम्मेदवार युवराज शर्माका बीचमा प्रतिस्पर्धा हुँदैछ ।

Advertisement