November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने

२०८० फाल्गुन २६

1.1K

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका लागि अन्य दलहरुसँग पनि छलफल खुल्ला गरिएको पनि बताइएो छ । अध्यक्ष र उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने भने टुंगो लागिसकेको छैन ।

राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने र २९ गते मङ्गलबार मतदान हुने कार्यतालिका रहेको छ ।

Advertisement