काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे बस्ने छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
