November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सत्ता गठबन्धनले टुङ्ग्यायो मन्त्रालयको भागबन्डा

२०८० फाल्गुन २३

5K

काठमाडौं । सत्ता गठबन्धनले लगभग मन्त्रालयको भागबन्डा टुङ्ग्याएको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन् ।

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन् भने अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ । उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ ।

नेकपा एमालेबाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको जनाइएको छ ।

Advertisement

रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ । रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् भने शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन् ।

गत सोमबार एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भएका थिए ।