काठमाडौं । अबको दुई वर्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री रहने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सरकारको बाँकी कार्यकाल आधा–आधा बाँड्ने सहमति अनुसार दुई वर्ष प्रचण्ड त्यसपछि ओली प्रधानमन्त्री बन्ने जनाइएको छ ।
गत वर्ष पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड र ओलीको बीचमा साढे २ वर्ष÷ साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भए तापनि दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेससँग गठबन्धन गरेका थिए ।
प्रचण्डले एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्डसँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेका हुन् । एमाले सहितका मन्त्रीहरूले आजै शपथ लिँदैछन्।
माओवादीले समाजवादीलाई गठबन्धनमै रहन आग्रह गरेको छ । एमालेका एक नेताका अनुसार ओली पनि नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन बनाएर जाने कुरामा सकारात्मक छन् । माधव नेपालको प्रधानमन्त्री बन्ने सहमति भने टुटेको छ ।