November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले भने विरोध गर्ने

२०८० फाल्गुन १३

1.2K

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयलका अनुसार आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने विरोध गर्ने भएको छ । बालकुमारी, टेरामक्स र रामग्राम क्षेत्रको जग्गा लिजमा दिने प्रकरणमा सार्वजनिक प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै एमालेले आज पनि विरोध गर्ने भएको हो ।

एमालेले टेरामक्स प्रकरणमा मुछिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा दोषी देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।

त्यस्तै रामग्राम क्षेत्रको जग्गा लिजमा दिने प्रकरणमा जोडिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा पनि माग गरेको छ ।