January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

प्रतिनिधिसभा विघटनमा विदेशी शक्तिको चलखेल: डा. ओम गुरुङ

2K

लण्डन: आदिवासी अभियान्ता डा. ओम गुरुङले नेपालको वर्तमान राजनीतिक परिस्थिति सृजना हुनुमा विदेशी शक्तिको प्रमुख भूमिका रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतले आयोजना गरेको अस्थिर राजनीति र आदिवासीको भूमिका विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. गुरुङले नेपालको राजिनीति अस्थिरतातर्फ उन्मुख हुनुमा अमेरिका र भारतको चलखेल रहेको आरोप लगाए ।

डा. गुरुङले नेपाललाई कसको प्रभुत्व र अधिनमा राख्ने भन्ने विषय नै संसद विघटनको सबै भन्दा ठुलो कारण भएको बताउदै प्रधानमन्त्री केपी ओली विदेशी चलखेल पट्टी ढल्किएको बताउनु भयो ।

डा. गुरुङले भने ‘भारतले हस्तक्षेप गरेको नेपाली भ–भाग आफ्नो देशको नक्सामा गाभ्ने स्वार्थ र अमेरिकाले (एमसीसी) परियोजना लागु गरेर चीनप्रतिको गतिविधि बढाउने स्वार्थले नेपालको राजनीतिमा यो परिस्थिति सृजना भएको हो’ ।

Advertisement

फरक प्रसंगमा डा. गुरुङले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा आदिवासी जनजातिहरुले आवाज नउठाएकोप्रति आक्रोश व्यक्त गरे । डा. गुरुङले आवाज उठाउनु पर्ने प्रमुख विषयवस्तुमा आदिवासी जनजाति महासंघ मौन बस्दा जनजातिहरुप्रति राज्यको हेपाहा दृष्टिकोण बढ्दै गएको बताए ।