May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

अब ढिला नगरी माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ: शशांक कोइराला

985

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । नवलपरासीको कावासोतीस्थित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार सञ्चालनमा असफल भइसकेकोले अब नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन् ।

नेत्रप्रसाद भुसालको स्मृतिमा नेपाल प्रेस युनियनद्वारा स्थापित पुरस्कार घोषणा कार्यक्रममा संचारकर्मीसँग कुरा गर्दै कोइरालाले भने,’प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न । त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ ।’

कोइरालाले सरकार सञ्चालन गर्न दुरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुने पनि बताए । ‘यी दुवै कुरामा प्रचण्ड असफल हुनु भएको छ । अब ढिला नगरी दलहरुको पूर्व सहमतिअनुसार नेपाललाई प्रधानमन्त्री बताउनुपर्छ’, उनले भने ।

Advertisement

माधव नेपालपछि शेरबहादुर प्रधानमन्त्री हुने उनले सुनाए । ‘यो सहमतिको सरकार हो । सबैले पूर्व सहमति पालन गर्नुपर्छ भन्ने लाग्छ’ कोइरालाले भने ।

कोइरालाले कांग्रेसको फागुन पहिलो साता काठमाडौंमा हुने महासमितिको भेलामा हिन्दु राष्ट्र र संघीयताको विषय उठाउने जानकारी दिए । संविधानमा संघीयता लेखिएपनि व्यवहारमा केन्द्रले नै शासन भइरहेकाले यो विषय कांग्रेस महासमिति भेलामा एजेण्डासहित छलफल हुने कोइरालाले बताए ।