May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा प्रस्थान

550

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा प्रस्थान गरेका छन् । असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान गरेका हुन् ।

माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेको हो।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् ।

Advertisement

प्रधानमन्त्री प्रचण्डले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन् । असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरूमध्ये नेपाल पनि एक हो। नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमा आधारित छ।