May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

फेरि भूकम्पको पीडा भोग्न नपरोस्: प्रधानमन्त्री प्रचण्ड

545

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।  मंगलबार २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा चन्द्रागिरिमा आयोजित कार्यक्रममा बोल्दै उनले
विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा पीडा भोग्न नपर्ने गरि काम गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ । आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्ने राष्ट्रिय सङ्कल्प गर्ने दिन पनि हो ।’

उनले भविष्यमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न आह्वान समेत गरे ।

Advertisement

प्रधानमन्त्रीले भने, ‘आउनुस, त्यसका लागि हामी सबैले सङ्कल्प गरौँ । भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने कुरा इच्छा होइन दायित्व हो भन्ने यथार्थ आत्मसात गरौँ।’