January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

वर्तमान सरकार कामचलाउ नभएको नेम्वाङको दाबी

575

काठमाडौं- संविधानसभा अध्यक्ष तथा नेकपा ओली समूहका नेता सुवास नेम्वाङले वर्तमान सरकार कामचलाउ नभएको बताएका छन्। सरकारले सबै कामकुरा गर्न पाउने बताउँदै उनले भने, ‘यो सरकारले सबै काम गर्न पाउँछ। जुन दिनसम्म निर्वाचन आयोगले आचारसंहिता घोषणा गर्दैन, त्यो दिनसम्म पूरापूर काम गर्न पाउँछ।’

राजधानीमा आयोजित ओली पक्षीय नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बाहिर भनिएजस्तो कामचलाउ नभएकोमा उनले आफ्नै तर्क दिएका छन्।

‘प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रपतिले किन सरकारलाई कामचलाउ घोषणा गर्नुभएन? यस्तो भनेको सुन्छु।  प्रम ओलीले प्रतिनिधि विघटन गर्नुभएको छ। कसरी पुनर्गठित गर्नुभयो? यस्ता प्रश्न उठाएको पाएँ। हाम्रो अहिले संविधानमा एउटा व्यवस्था छ। धारा ७७ मा कतिबेला प्रधानमन्त्रीको पद रिक्त हुन्छन् वा कामचलाउ भन्ने उल्लेख छ। त्यहाँ भनिएअनुसार केही भएको छैन। कसरी काम चलाउ?

Advertisement