January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् इजलासमा सुनुवाइ गर्न सर्वोच्चले गर्यो अस्वीकार

1.3K

काठमाडौं- प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् इजलासमा सुनुवाइ गर्न सर्वोच्चले अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित अन्य ४ जना न्यायाधीशहरूको संवैधानिक इजलासले यो मुद्दा बृहत् इजलासमा सुनुवाइ गर्न अस्वीकार गरेको हो।

शुक्रबार रिट निवेदक र सरकारी पक्षका वकिलहरूको बहस सकिएपछि सर्वोच्चको संवैधानिक इजलासमा नै छलफल निरन्तर हुने आदेश गरेको हो। 

रिट निवेदकका तर्फबाट रमण श्रेष्ठलगातले बहस गर्दै विगतका नजिरका आधारमा पनि प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका थिए।

Advertisement

सरकारी पक्षका विजय मिश्र पद्म पाण्डेयलगायत बृहत् पूर्ण इजलासको माग नै गैरसंवैधानिक भएको बताएका थिए।