विराटनगर । इलाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोङ गााउँपालिकामा भएको दुर्घटनामा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको निधन हुनुका साथौ ३६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ साढे ५ बजे भएको दुर्घटनाका घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीका अनुसार धनुषादेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना६ख ८४२४ नम्बरको बस रोङ गाउँपालिकाको किटेनी भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनाका घाइतेलाई सडकजाम हुँदा उद्धार गर्न कठिनाइ भएको इलामका प्रहरी नायव उपरिक्षक प्रकाश जवेगूले जानकारी दिए ।
दुर्घटनामा परेका सबै धनुषाधाम–९ का तामाङ र लामा समुदायका सदस्य छन् । एकजना प्रहरी जवान पनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइतेहरु सबैलाई उपचारार्थ झापाका विभिन्न अस्पतालमा पठाइएको छ । अधिकांशलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।