January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

प्रधानमन्त्री ओलीलाई अपमानजनक हिसाबले पार्टीबाट बाहिर पठाउने कोशिस गरियो

655

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ‌ओली पक्षका नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओ‌लीले राम्रो काम गर्दा चारैतिरबाट घेराबन्दीमा परेको र अपमानजनक हिसाबले पार्टी र आन्दोलनबाट बाहिर पठाउने कोशिस गरिएको बताएका छन्। 

मुख्यमन्त्री पोखरेलद्वारा लेखिएको स्टाटस
एकताको रक्षाका लागि गरिएका प्रयासहरु किन असफल भए भनेर कमरेडहरु प्रश्न गर्नुहुन्छ। म कति कुरा बताउ भनेर अन्योलमा पर्छु।प्रतिनिधि सभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिए जनार्दन शर्माको साथमा।त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वका साथ सुझाएको थिए। तर कमरेड प्रचण्ड त्यसप्रति एकरती पनि सकारात्मक देखिनु भएन। मेरो तर्फवाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन। उहाँ आफ्नो भित्रि योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ। उहाँ सहमतिमा होइन, समिकरणको वाटोवाट सत्तामा पुग्ने हतारोमा हुनुहुदो रहेछ। नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम वेहोर्दै छौ।

पार्टी एकता समयको माग र आवश्यकता थियो। दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफुलाई प्रस्तुत गर्नु भो। हामीले बैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि वढ्नु उचित हुने सुझाव दिएका थियौ। तर उहाँहरुले भावनात्मक कुरा गर्नु भो। हामीले त्यसलाई स्विकार गर्यौ। तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन। भएको शक्तिसमिकरणका माध्यमवाट अघि वढ्नेकुरामा नै हमेसा रुची देखियो। तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो। तर पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरुलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ। एकातिर कमरेड केपीको साथमा रामवहादुर थापा वादल हुनुहुन्छ अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल। यसले पनि नयाँ शिरावाट आन्दोलनलाई पूनर्गठन गर्ने अवसर प्रदान गरेको छ।

Advertisement