January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

देशलाई अदालतले जोगाउँछ: गगन थापा

590

सर्लाही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरी देशलाई अँध्यारो सुरुङमा फस्नबाट जोगाउने बताएका छन्।

सर्लाहीको लालबन्दीमा आज नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अदालत र न्यायधीशहरू संसद् पुनर्सथापनाकै पक्षमा उभिने नेता थापाले विश्वास दिलाए।  

प्रधानमन्त्रीले अहिले चाल्नुभएको कदम ठीक हो भन्दै अघि बढे प्रदेश, स्थानीय सरकार हुँदै संविधान नै खेर जाने अवस्था रहेको उनले बताए।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालुवाटारको इसारामा नभई संविधान अनुसार अघि बढ्न सचेत गराएका छन्। अहिलेकै अवस्था रहे देशमा संघीयतासमेत धरापमा पर्ने उनले चिन्ता व्यक्त गरे।